• १५ असोज २०८३, बिहीबार
  • १०ः०७ बिहान

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८३ आश्विन १५ गते, बिहीबार ०९:२६

१५ असोज २०८३ काठमाडौं — सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असोज १६ गते एक दिन बुकक्लोज गर्दैछ।

National Life

यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले असोज २८ गते बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा २५औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ९ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई १३६ दिनको समानुपातिक रूपमा ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावसमेत पारित गर्नेछ।

प्रतिकृया