• ३ साउन २०८३, आइतबार
  • ९:२५ बिहान

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने, निर्वाचन आयोगको निर्णय

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ०४:२८

असार १६ , २०८२ काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर–३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन गराउने मिति तोकेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको बैठकले उपनिर्वाचनको मिति तय गर्नुका साथै आवश्यकतानुसार अन्य स्थानीय तहका रिक्त पदमा पनि सोही मितिमा उपनिर्वाचन गराउने निर्णय गरेको जानकारी दिए ।

Kamana Sewa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि रुपन्देही–३ को संसदीय सिट रिक्त भएको हो । आयोगले अब तोकिएको मिति अनुसार निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया