• १९ भदौ २०८३, शुक्रबार
  • ११ः३१ बिहान

१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?

प्रकाशित मिति

२०८३ भाद्र १९ गते, शुक्रबार ११:२१

१९ भदौ २०८३ काठमाडौं — रसुवा बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। शुक्रबार बिहान उद्धार गरिएका दुई जनामा सञ्जय साह र कविर महर्जन रहेका छन्। साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन् भने महर्जन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर हुन्।

आयोजनामा मर्मतसम्भारको काम भइरहेका बेला उनीहरू सुरुङभित्र रहेका थिए। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनीहरू सुरुङभित्र फसेका थिए।

Kamana Sewa

आयोजना प्रमुख आवास ओझाका अनुसार उद्धार गरिएका महर्जन आयोजनाका सुपरभाइजर हुन्। उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था गरिएको छ।

Classic Tech Mobile

प्रतिकृया