• १८ भदौ २०८३, बिहीबार
  • ३ः१० दिउँसो

नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड

प्रकाशित मिति

२०८३ भाद्र १८ गते, बिहीबार ०३:०९

१८ भदौ २०८३ काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२.७७ बिन्दुमा पुगेको छ। आज ३४६ कम्पनीका १ करोड २१ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबार भएका समूहमध्ये ९ समूहको शेयर मूल्य बढेको छ भने ४ समूहको उपसूचक घटेको छ। फाइनान्स समूह ०.३४ प्रतिशत र हाइड्रोपावर समूह ०.२३ प्रतिशतले घटेका छन्।

Kamana Sewa

बिहीबार १४५ कम्पनीको शेयर मूल्य बढ्दा १२३ कम्पनीको घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Desktop

प्रतिकृया