• १८ भदौ २०८३, बिहीबार
  • १२ः५३ दिउँसो

बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०८३ भाद्र १८ गते, बिहीबार १२:०४

१८ भदौ २०८३ काठमाडौं —  बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले निरन्तर पैसा खिच्न थालेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आज भदौ १८ गते बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ खिच्न लागेको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ।

Kamana Sewa

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।

Classic Tech Desktop

यो ९० दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी मंसिर १६ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया