• १६ भदौ २०८३, बुधबार
  • ११:०२ बिहान

भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीले गरे ३ करोडभन्दा बढी सहयोग

प्रकाशित मिति

२०८३ भाद्र १७ गते, बुधबार १०:१९

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेस्ट बैंक लिमिटेडले ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व र आफ्ना कर्मचारीहरूको तर्फबाट गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको हो।

जसअनुसार बैंकको तर्फबाट २ करोड ५१ लाख रुपैयाँ र बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा संकलन गरी उक्त कोषमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

Kamana Sewa

नगद सहयोगका साथै बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत बाढी प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ।

Classic Tech Desktop

विपद्‌मा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बैंकले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत तथा उद्धार कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह तथा सहयोगी संघसंस्थाहरूप्रति बैंकले आभार व्यक्त गरेको छ।

प्रतिकृया