• १९ भदौ २०८३, शुक्रबार
  • ११ः२२ बिहान

विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा

प्रकाशित मिति

२०८३ भाद्र १९ गते, शुक्रबार ११:१०

१९ भदौ २०८३ काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन्। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको स्थलगत जानकारी लिन थापा शुक्रबार रसुवा पुगेका हुन्। उनी नौकुण्ड गाउँपालिका–३, घिचेत पुगेको उनको सचिवालयले जनाएको छ।

यसअघि थापा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए। उनले बिहीबार पार्टीका तर्फबाट गरिएको स्थलगत निरीक्षणका क्रममा देखिएका अवस्थाका आधारमा विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गरिने बताएका थिए।

Kamana Sewa

भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।

Classic Tech Desktop

प्रतिकृया