• २० भदौ २०८३, शनिबार
  • ८ः३८ राती

सिमेन्ट र डन्डीको मूल्यमा उल्लेखनीय गिरावट, उपभोक्ता र निर्माण क्षेत्रलाई राहत

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ०४:३५

असार १६ , २०८२ काठमाडौं । सिमेन्ट र डन्डीको मूल्यमा हालै उल्लेखनीय गिरावट आएको छ, जसले उपभोक्ता र निर्माण व्यवसायलाई केही राहत दिने अपेक्षा गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीहरूले सिमेन्टको मूल्य प्रति बोरा ५० देखि १०० रुपैयाँसम्म तथा डन्डीको मूल्य प्रति केजी ५ रुपैयाँसम्म घटाएका छन्।

National Life

उद्योगहरूमा लोडसेडिङको समस्या कम भएपछि उत्पादन सहज बनेको र बजारमा माग केही घटेकाले मूल्य समायोजन गरिएको विभागले जनाएको छ। अघिल्लो समय लोडसेडिङका कारण उत्पादन लागत बढ्दा उद्योगीहरूलाई मूल्य बढाउन बाध्य बनाएको थियो।

नेपाल निर्माण व्यवसायी महासङ्घले पनि सिमेन्ट र डन्डीको मूल्य घटेको पुष्टि गर्दै यो परिवर्तनले निर्माण क्षेत्रमा सकारात्मक असर पार्ने विश्वास व्यक्त गरेको छ।

Classic Tech Desktop

मूल्य विवरणअनुसार, पहिले ओपिसी सिमेन्ट प्रति बोरा ६७५ देखि ८०० रुपैयाँमा बिक्री हुँदै आएकोमा अहिले करिब १०० रुपैयाँसम्म घटेको छ। यस्तै, पिपिसी सिमेन्ट ५५० देखि ६७५ रुपैयाँसम्ममा बिक्री हुँदै आएकोमा अहिले त्यसमा पनि गिरावट आएको छ। डन्डीको मूल्य पनि ९०–९५ रुपैयाँ प्रति केजीबाट घटेर हाल ८५–९० रुपैयाँको दरमा कारोबार भइरहेको छ।

उत्पादन लागतमा आएको कमी र बजारको माग घटेसँगै निर्माण सामग्री सस्तो हुँदा उपभोक्ता तथा निर्माण व्यवसायीहरूका लागि यो एक सकारात्मक संकेतका रूपमा लिइएको छ।

प्रतिकृया