• १९ भदौ २०८३, शुक्रबार
  • २ः२६ दिउँसो

माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी

प्रकाशित मिति

२०८३ भाद्र १९ गते, शुक्रबार ०२:१७

१९ भदौ २०८३ काठमाडौं — माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये दुई जनाको जीवितै उद्धार भएको अवस्थामा थप एक जनाको शव फेला परेको छ । आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरक्षाकर्मीको उद्धार टोलीले सुरुङबाट एक जनाको शव निकालेको हो । शवको पहिचान भने हुन बाँकी रहेको छ ।

यसअघि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरेको थियो । उद्धार गरिएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ । सेनाका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Kamana Sewa

नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको भूमिगत विद्युत् गृहमा इन्जिनियर तथा कर्मचारीसहित करिब ४२ जना फसेको अनुमान गरिएको छ । तीमध्ये अधिकांश विद्युत् गृह क्षेत्रमा रहेको अनुमान छ ।

Classic Tech Desktop

सुरुङभित्र थप व्यक्ति फसेका हुन सक्ने भन्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राधिकरणको टोलीले निरन्तर खोजी तथा उद्धार अभियान जारी राखेको छ ।

प्रतिकृया