• ३ साउन २०८३, आइतबार
  • ९:२४ बिहान

डाक्नेश्वरी-१ को वडा अध्यक्षमा जसपा नेपालका शाह विजयी

प्रकाशित मिति

२०८१ मंसिर १७ गते, सोमबार १०:३०

मंसिर १७, २०८१ काठमाडौँ: सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार शाह विजयी भएका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा साहले छ सय ५२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Kamana Sewa

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले पाँच सय ८७ मत प्राप्त गरे। साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भगबानी साहले दुई सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले एक सय ६५, जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली) ले ७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले दुई मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया