• 4:39 pm

काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाले मार्‍यो बाजी

प्रकाशित मिति

२०८१ मंसिर १७ गते, सोमबार ०८:४०

मंसिर १७, २०८१ काठमाडौँ: काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाजी मारेको छ । रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी हुन् । स्थानीय तहमा रास्वपाले खाता खोलेको हो ।

वडा नम्बर १६ मा रास्वपाकी श्रेष्ठले २ हजार ९०२ ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवारले २ हजार २१४ र नेकपा (एमाले)का २ हजार २१८ मत ल्याए ।

यसअघि यो क्षेत्रमा कांग्रेसले जितेको थियो ।

प्रतिकृया