• 10:32 pm

एनपीएलमा आज दुई खेल हुदै

प्रकाशित मिति

२०८१ मंसिर १७ गते, सोमबार ०८:१९

मंसिर १७, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

यस्तै, प्रतियोगिताको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जनकपुरको यो दोस्रो खेल हो । जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

कर्णालीको भने प्रतियोगिताको पहिलो खेल हो । टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुदै छ ।

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । २१ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।

प्रतिकृया