बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
प्रकाशित मिति
२०८३ भाद्र २० गते, शनिबार ०३:१५
२० भदौ २०८३ काठमाडौं — नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। बिदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्द्रिका श्रेष्ठलाई सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो।

सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले चन्द्रिकाको उद्धार गरेको हो। उद्धारपछि थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।
भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार कार्य जारी रहँदा यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ बाट एक चिनियाँ नागरिकको उद्धार गरेको थियो। त्यस्तै, त्रिशूली–३ ‘ए’ को सुरुङबाट हिजो दुई जनाको जीवितै उद्धार गरिएको थियो।

विपत्तिको ११औँ दिन बाढीले पुरिएको घरबाट महिलाको जीवित उद्धार हुनुलाई आशाको खबरका रूपमा लिइएको छ।
Related
Recent News
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया