• 4:36 pm

पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको फराकिलो अग्रता

प्रकाशित मिति

२०८१ मंसिर १७ गते, सोमबार ०१:४२

मंसिर १७, २०८१ काठमाडौँ: रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्षको मतगणनामा माओवादी केन्द्रले दोब्बरभन्दा बढी मतले अग्रता बनाएको छ ।

माओवादीकी नरपुरा बुढाले २ हजार ६२५ मतसहित अगाडी छन् । यहाँ कांग्रेस र एमालेले संयुक्त उम्मेदवार बनाएका छन् ।

कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले १ हजार २७९ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यो गाउँपालिका उपाध्यक्षमा यसअघि माओवादी केन्द्रका भूपेन्द्रा बुढा निर्वाचित भएका थिए । उनको बागलुङमा भएको दुर्घटनामा निधन भएको थियो ।

प्रतिकृया