• ४ साउन २०८३, सोमबार
  • १२:५२ बिहान

प्रतिपक्षविहीन संसद् लोकतन्त्र अनुकूल हुँदैन : सभापति गगन थापा

प्रकाशित मिति

२०८३ श्रावण ३ गते, आईतवार ११:५४

३ साउन २०८३ काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सबै प्रमुख दल मिलेर प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुने बताएका छन्। ललितपुरमा आइतबार आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति’ विषयक साक्षात्कार कार्यक्रममा बोल्दै थापाले राजनीतिक दलहरूको अन्तिम लक्ष्य सत्ता प्राप्ति मात्र हुन नहुने बताएका हुन्।

उनले दलहरू विचार, नीति र सिद्धान्तका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै पछिल्लो एक दशकको नेपाली राजनीति अत्यधिक सत्ता केन्द्रित भएको टिप्पणी गरे। ‘सत्ता र शक्ति नै सबै थोक हो भन्ने सोचबाट हामी बाहिर निस्कनुपर्छ। पार्टीले आफ्ना स्थापित मूल्य, मान्यता र सिद्धान्तमा कहिल्यै सम्झौता गर्नु हुँदैन,’ उनले भने।

Kamana Sewa

प्रदेश सरकार गठनका क्रममा सबै प्रमुख दल मिलेर सरकार बनाउने र प्रतिपक्षविहीन संसद् निर्माण गर्ने अभ्यास लोकतन्त्रको स्वस्थ अभ्यास नभएको उनको भनाइ थियो। सभापति थापाले कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिता र नेतृत्व बढाउन आवश्यक रहेको पनि बताए। युवालाई केवल मतदाता वा प्राविधिक कार्यकर्ताका रूपमा मात्र नहेरी उनीहरूको नयाँ सोच, दृष्टिकोण र ऊर्जालाई पार्टीले आत्मसात गर्नुपर्नेमा उनले जोड दिए। उनका अनुसार नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभवको समन्वयबाट मात्रै कांग्रेसलाई थप सशक्त बनाउन सकिन्छ।

Classic Tech Desktop

आफ्नो राजनीतिक यात्राको सुरुवाती अनुभव सुनाउँदै थापाले २०५१ सालको मध्यावधि निर्वाचनताका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई एउटै मञ्चमा ल्याएर कार्यक्रम आयोजना गरेको प्रसंग स्मरण गरे। त्यस क्रममा कृष्णप्रसाद भट्टराईबाट राजनीतिक पद अस्थायी भए पनि सामाजिक पुँजी र निष्ठा स्थायी हुने महत्त्वपूर्ण पाठ सिकेको उनले बताए।

थापाले पार्टी संगठनलाई समयानुकूल सुदृढ बनाउन सबै तहका नेता तथा कार्यकर्ताले आफ्नो सोच र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता पनि औँल्याए।

प्रतिकृया