• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, माओवादी तेस्रो

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०७:०५

१० मंसिर २०७९, काठमाडौँ : समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा एमालेले २० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार नेकपा एमालेले हालसम्म ७३ लाखभन्दा बढी मत गन्दा २० लाख ११ हजार ८८० मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ४३ हजार ४२९ मत पाएको छ।


यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ। माओवादीको हालसम्म ८ लाख ७० हजार ५०९ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३५ हजार १४३ मत छ।

Kamana Sewa

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४३ हजार ५०, जनता समाजवादी पार्टीले २ लाख ३९ हजार ९७२, नेकपा एकीकृत समाजवादी पार्टी १ लाख ८६ हजार ४४५, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७३ हजार १७४, जनमत पार्टीले १ लाख ६५ हजार ५८७ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १ हजार ४६ मत पाएको छ।

Classic Tech Desktop

प्रतिकृया