• ४ साउन २०८३, सोमबार
  • १:३३ बिहान

१४ वर्ष अघिको मुम्बई हमलाको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०७:०१

१० मंसिर, २०७९, काठमाडौँ: १४ वर्ष अघि भएको मुम्बई हमलाको विरोध गर्दै राष्ट्रिय एकता अभियानले शनिवार काठमाण्डौंस्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको छ।


अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको प्रदर्शनमा मुम्वईमा भएको आतंकवादी आक्रमणको विरोध गरिएको छ। आजकै दिन भएको आतंकी हमलाको मूल उदेश्य हिन्दू जनतालाई मार्ने रहेकोले सो घटना नेपालको राष्ट्रिय सुरक्षा चुनौतीसमेत रहेकोले सावधान गराइएको थियो।

Kamana Sewa

प्रदर्शनका क्रममा ‘जिहादको नाममा हिन्दुलाई मार्ने कार्य बन्द गर, आतंकवादलाई प्रश्रय दिने मुलुक अपारधी हो, विश्व शान्तिको शत्रु पाकिस्तान–होसियार, आतंकी परिचालन बन्द गर, आतंकी अखडा बन्द गर पाकिस्तान, मानवअधिकारको उलंघन बन्द गर, कट्टरपन्थी पाल्ने देश मुर्दावाद, विश्वमा शान्ति कायम गर, विश्वभरका हिन्दु एक हौ’ लगायतका नारा लगाइएको थियो।

Classic Tech Desktop

नोभेम्बर २६, २००८ मा लश्कर–ए–तैयबाका दश प्रशिक्षित र भारी सशस्त्र लडाकूहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरेका थिए। चार दिनसम्मसम्म चलेको हमलामा १ सय ६० जनाभन्दा बढी मानिस मारिएका थिए ।


आक्रमणकारीले मुम्बईका दुई पाँचतारे होटल, अस्पताल, रेलवे स्टेशन र यहुदी केन्द्रलाई निशाना बनाएका थिए। मुम्बई प्रहरी र अनुसन्धान अधिकारीहरूका अनुसार आक्रमणकारीहरू दुई समूहमा विभाजित थिए।

प्रतिकृया