• ४ साउन २०८३, सोमबार
  • १:३२ बिहान

बलिउड अभिनेता विक्रम गोखलेको निधन

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०७:१०

१० मंसिर, २०७९, काठमाडौँ: बलिउडका पुराना अभिनेता विक्रम गोखलेको निधन भएको छ। ७७ वर्षीय गोखलेको पुनेस्थित दीनानाथ मंगेशकर अस्पतालमा निधन भएको हो । चलचित्र र थिएटर दुवैतिर नाम कमाएका उनको ‘मल्टिपल अर्गान फेलिएर’ का कारण ज्यान गएको अस्पतालले जनाएको छ।


उनी नोभेम्बर ५ देखि अस्पताल भर्ना भएका थिए । मराठी थिएटरबाट कलायात्रा सुरु गरेका उनले अमिताभ बच्चन अभिनित परवाना नामक फिल्मबाट डेब्यु गरेका थिए ।

Kamana Sewa

अग्निपथ, हम दिल दे चुके सनम, भुलभुलैया, ब्याङ ब्याङजस्ता फिल्ममा अभिनय गरेका थिए।

Classic Tech Desktop

उनले अनेकौँ मराठी फिल्ममा पनि अभिनय गरेका थिए।

प्रतिकृया