• ३ साउन २०८३, आइतबार
  • ४:५४ बिहान

कुमा सागर एण्ड ख्वप ब्यान्डको ऐतिहासिक अष्ट्रेलिया टुर सम्पन्न

प्रकाशित मिति

२०८२ बैशाख २१ गते, आईतवार ०२:०४

वैशाख २१, २०८२ काठमाडौँ: गायक कुमा सागर एण्ड ख्वपा ब्यान्डको सांगीतिक अष्ट्रेलिया भ्रमण भव्यताका सम्पन्न भएको छ। अष्ट्रेलियाको सिड्नीमा रहेको वाइएनवाइ इभेन्टसद्वारा आयोजित सांगीतिक कार्यक्रम हावाको लहरसँगै अष्ट्रलिया टुर २०२५ नाम दिइएको उक्त टुर २४ मार्च २०२५ मा सिड्नीमा शुरू भएर अष्ट्रेलियाको अरू प्रमुख शहरहरू ब्रिसबेन, क्यानबेरा, होबार्ट र पर्थ हुदै अन्तिम शो १४ अप्रिल २०२५ मा मेलबर्नमा आयोजना गरिएको थियो। कुमा सागर अष्ट्रेलियाकै सबैभन्दा पुरानो हेरिटेज पर्फर्मेन्स भेन्यू सिड्नीको न्यू टाउनमा अवस्थित प्रतिष्ठित एनमोर थिएटरमा सम्पन्न सांगीतिक प्रस्तुति दिने पहिलो नेपाली गायक बन्न सफल भएका छन् ।

उक्त कार्यक्रमलाइ वाएनवाइ इभेन्टसकी प्रबन्ध निर्देशक प्रज्ञा अमात्य भण्डारीले ऐतिहासिक मात्र नभएर, सिड्नीमा भएका अहिलेसम्मकै कुनै पनि नेपाली कलाकारहरूको सबैभन्दा यादगार उत्कृष्ट ३ प्रस्तुतिमा गणना गर्न मिल्ने कार्यक्रमका रुपमा चर्चा सुरु भएको बताइन् ।

Kamana Sewa

त्यस्तै कुमा सागरले न्यू साउथ वेल्स राज्य सरकारद्वारा सन्चालित संग्राहलय ‘आर्टस् ग्यालेरी अफ न्यू साउथ वेल्स’ मा लाइभ रेकर्डिंग दिएर अष्ट्रेलियाको अन्तर्राष्ट्रिय कला संग्रहमा नेपाली गीतसंगीत प्रदान गर्ने पहिलो नेपाली गायक बन्न पनि सफल भएका छन् ।

Classic Tech Desktop

प्रतिकृया