• ३ साउन २०८३, आइतबार
  • ४:५४ बिहान

श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाजद्वारा ‘देउसी भैलो’ गीत सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०८२ कार्तिक २ गते, आईतवार ०५:५२

कात्तिक २,२०८२ काठमाडौं–  तिहारको अवसरमा श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाजले दुई नयाँ सांगीतिक सिर्जना ‘लक्ष्मी पुकार’ र ‘श्रीकृष्ण लीला देउसी भैलो’ सार्वजनिक गरेको छ।

‘लक्ष्मी पुकार’ गीतमा शब्द, स्वर र संगीत शेषनारायण पोख्रेलको रहेको छ भने ‘श्रीकृष्ण लीला देउसी भैलो’ मा शब्द देवीप्रसाद, चुरामणि र घनश्याम पोख्रेलको छ। यस गीतमा स्वर देवीप्रसाद पोख्रेलले दिएका छन्।

Kamana Sewa

दुवै गीतको संगीत भिडियो तयार पारिएको छ, जसको निर्देशन सुरज खनालले गरेका हुन्। समाजका सदस्य कपिल पोख्रेलका अनुसार, यी गीतहरूमा अर्घाखाँची, पाल्पा र गुल्मी क्षेत्रका मौलिक लोकधुन समेटिएका छन्, जसले नेपाली सांस्कृतिक धरोहरलाई संरक्षण र प्रवर्द्धन गर्न योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Classic Tech Desktop

प्रतिकृया