• ४ साउन २०८३, सोमबार
  • ७:२८ बेलुका

विश्वकप फुटबलः अष्ट्रेलियाको पहिलो जित, ट्युनिसिया पराजित

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०७:२१

१० मंसिर २०७९, काठमाडौँ : कतारमा जारी विश्वकप फुटबलमा अष्ट्रेलियाले पहिलो जित निकालेको छ। शनिबार अल जानौब रंगशालामा भएको खेलमा अष्ट्रेलियाले ट्युनिसियालाई १–० गोल अन्तरले पराजित गरेको हो। अष्ट्रेलियालाई जित दिलाउन खेलको २३ औँ मिनेटमा मिचेल डुकले गरेको गोल नै निर्णायक रह्यो। जितसँगै अष्ट्रेलियाले तीन अंक जोडेको छ।


ट्युनिसियाले गोलका लागि केही राम्रा अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन। समूह ‘डी’मा रहेको अष्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो भने ट्युनिसियाले डेनमार्कसँग बराबरी खेलेको थियो।

Kamana Sewa

प्रतिकृया