• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

नेप्से ३४.६३ अंकले घट्यो, सबै उपसूचक राताम्य

प्रकाशित मिति

२०८३ बैशाख २१ गते, सोमबार ०३:१५

२१ बैशाख २०८३ काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार ३४.६३ अंकले घटेर २७०४.०८ बिन्दुमा झरेको छ। आज ३४१ कम्पनीको १ करोड ७४ लाख ५२४ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यसदिन सबै १३ उपसूचक नै घटेका छन्। वाणिज्य बैंक समूह ०.८६ प्रतिशतले घट्दा विकास बैंक समूह २.१४ प्रतिशत, फाइनान्स समूह ०.९६ प्रतिशत, होटल तथा पर्यटन समूह १.३५ प्रतिशत र हाइड्रोपावर समूह २.२३ प्रतिशतले ओरालो लागेको छ।

Kamana Sewa

समग्र बजारमा गिरावट आउँदा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ।

Classic Tech Desktop

प्रतिकृया