• ४ असोज २०८३, आइतबार
  • ९ः४२ बिहान

मन्त्रिपरिषद्का चार प्रमुख निर्णय सार्वजनिक,के–के छन् ?

प्रकाशित मिति

२०८३ बैशाख २१ गते, सोमबार ०१:२७

२१ बैशाख २०८३ काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारले सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णयबारे जानकारी गराएका हुन्।

National Life

बैठकले चार प्रमुख निर्णय गरेको छ। जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष फिर्ता गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरिएको छ। यसअघि फिर्ता भएको अध्यादेशलाई संशोधनसहित अघि बढाउने तयारी सरकारको छ।

त्यस्तै, भारतसँग जी–टु–जी (G2G) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेड लाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। यसले आगामी कृषि मौसममा मल आपूर्तिमा सहजता ल्याउने सरकारको अपेक्षा छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। उक्त सहयोग वायु गुणस्तर मापन क्षमता वृद्धि, उद्योगलाई कर्जा सुविधा तथा परम्परागत ब्वायलरलाई इलेक्ट्रिक ब्वायलरले प्रतिस्थापन गर्ने परियोजनामा प्रयोग गरिनेछ।

यसैगरी, सिंहदरबार परिसरभित्र प्रवेश व्यवस्थासहितको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। सरकारले यी निर्णयलाई प्रशासनिक सुधार, कृषि आपूर्ति व्यवस्थापन, वातावरण संरक्षण र पूर्वाधार विकासलाई एकसाथ अघि बढाउने प्रयासका रूपमा प्रस्तुत गरेको छ।

प्रतिकृया