• ४ साउन २०८३, सोमबार
  • १:४७ बिहान

इन्धनको मूल्य फेरि बढ्यो, डिजेल–मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि

प्रकाशित मिति

२०८३ बैशाख ३ गते, बिहीबार ०८:०२

३ बैशाख २०८३ काठमाडौं – सरकारले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। नेपाल आयल निगम का अनुसार आजदेखि लागू हुने गरी डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाइएको हो।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जनाएको छ। समायोजनअनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। पेट्रोलको मूल्य भने यथावत् राखिएको छ।

Kamana Sewa

नयाँ मूल्यसूची अनुसार अब पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा पुगेको छ। त्यस्तै दोस्रो वर्गमा प्रतिलिटर २३६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा २३७ रुपैयाँ कायम गरिएको छ।

Classic Tech Desktop

यसैगरी, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको निगमले जनाएको छ। निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा इन्धनको मूल्य समायोजन गरिएको बताएको छ।

प्रतिकृया