• ५ असोज २०८३, सोमबार
  • १२ः०२ दिउँसो

आईपीओ खुला: सोपान फर्मास्युटिकल्समा आजदेखि सर्वसाधारणको आवेदन

प्रकाशित मिति

२०८३ बैशाख ३ गते, बिहीबार ०७:५१

३ बैशाख २०८३ काठमाडौं – सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आज वैशाख ३ गते बिहीबारदेखि आईपीओ निष्काशन सुरु गरेको हो।

National Life

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको ४२ करोड ९० लाख रुपैयाँ मूल्यको आईपीओ सार्वजनिक गरेको हो। प्रति कित्ता १०० रुपैयाँ दरका कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गरिएको कम्पनीले जनाएको छ।

निष्काशित कुल शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ भने ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। त्यस्तै ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यी सबै कोटा छुट्याएपछि बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको छ।लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा प्रति कित्ता १०० रुपैयाँका दरले सम्पूर्ण रकम भुक्तानी गर्नुपर्नेछ।

कम्पनीका अनुसार आईपीओ छिटोमा वैशाख ८ गतेसम्म र ढिलोमा वैशाख १७ गतेसम्म खुला रहनेछ। तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा मात्र ढिलो मितिसम्म खुला रहने जनाइएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै सीडीएस एण्ड क्लियरिङ लिमिटेड को ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया