• १७ असोज २०८३, शनिबार
  • १ः५१ राती

सामाजिक जीवनस्तर सुधारमा केन्द्रित हुनेछ आगामी बजेट : अर्थमन्त्री वाग्ले

प्रकाशित मिति

२०८३ बैशाख ३ गते, बिहीबार ०८:०९

३ बैशाख २०८३ काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले ले आमनागरिकको सामाजिक जीवनस्तर सुधारलाई केन्द्रमा राखेर आगामी बजेट ल्याइने बताएका छन्। इमानका प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्फत मुलुकका विद्यमान आर्थिक चुनौती समाधान गरिने स्पष्ट पारे।

National Life

अर्थमन्त्री वाग्लेले पुँजी अभाव, रोजगारी समस्या र बढ्दो मूल्यवृद्धि नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले उद्यमशीलता विकास र स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सबल बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सञ्चार क्षेत्रसहित सबै सरोकारवालाको सहकार्य आवश्यक रहनेछ।

त्यस्तै, उनले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै रोजगारी सिर्जना सरकारको प्रमुख प्राथमिकता रहेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया