• १६ असोज २०८३, शुक्रबार
  • १ः०४ दिउँसो

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, यस्तो छ सुविधा

प्रकाशित मिति

२०८३ आश्विन १६ गते, शुक्रबार १२:१६

प्रधानमन्त्री बालेनको सचिवालयमा को–को छन्, कस्तो छ सुविधा?

१६ असोज २०८३ काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत २५ जनाको नाम, पद र सुविधासहितको विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो वेबसाइटमार्फत प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकार, स्वकीय सचिवालय तथा विज्ञका रूपमा कार्यरत कर्मचारीको विवरण सार्वजनिक गरेको हो।

National Life

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सचिवालयमा पाँच जना सल्लाहकार छन्। मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम साहले मन्त्रीसरहको सुविधा पाउने उल्लेख छ। ब्यञ्जनकारले भने अवैतानिक रूपमा काम गरिरहेका छन्।

त्यस्तै, राज्यमन्त्रीसरहको सुविधामा सुदिप ढकाल र विवेक मिश्र सल्लाहकारका रूपमा कार्यरत छन्। विज्ञ सल्लाहकारका रूपमा स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिशप्रसाद अग्रवाल अवैतानिक रूपमा कार्यरत छन्। प्रमुख स्वकीय सचिव सुवाष शर्माले सचिवसरहको सुविधा पाउनेछन्। सहसचिवसरहको सुविधामा स्वकीय सचिव नविन भण्डारी, स्वकीय सहसचिव सञ्जिव पाण्डे र दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी र सामाजिक विकास विज्ञ विश्व राई रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उपसचिवसरहको सुविधामा प्रकृति ढकाल, विशाल अधिकारी, सुमन गौतम, रविकिरण अधिकारी र विनय शाक्य कार्यरत छन्।

त्यस्तै शाखा अधिकृतसरहको सुविधामा सुरेन्द्र बजगाईं, रोशन तामाङ, बेदानन्द जोशी र हेम नारायणदास चौधरी रहेका छन्। नायब सुब्बा (नासु) सरहको सुविधामा प्रशासन सहायक अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम, बेनिस कार्की तथा कम्प्युटर सहायक अमृत पाण्डे कार्यरत छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्रीको सचिवालयमा कुल ४८ जनाको दरबन्दी रहेको छ।

प्रतिकृया