• १७ असोज २०८३, शनिबार
  • १ः५० राती

‘विचारविहीन वाम एकता’ प्रति पाण्डेको असन्तुष्टि, एमाले पुनर्निर्माणमा जोड

प्रकाशित मिति

२०८३ बैशाख ३ गते, बिहीबार ०९:४७

३ बैशाख २०८३ काठमाडौं – नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डे ले विचार र सिद्धान्तविहीन ‘वाम एकता’ को प्रयासप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले पार्टीभित्र केही नेताहरू पुनः एकताको दौडधुपमा लागेको संकेत गर्दै यस्तो एकता पार्टीको हितमा नहुने स्पष्ट पारे।

National Life

उनले नेतृत्व संकटमा पर्दा वा व्यक्तिगत अस्तित्व जोगाउनका लागि गरिने एकताले दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने बताएका छन्। विगतमा पदका लागि गरिएका एकताको तीतो अनुभव स्मरण गर्दै उनले अहिले देखिएको सक्रियतालाई पनि सोही प्रवृत्तिको निरन्तरताको रूपमा चित्रण गरेका छन्।

पाण्डेले एमाले आफैंमा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै तात्कालिक राजनीतिक लाभका लागि हतारमा निर्णय लिन नहुने तर्क अघि सारे। स्पष्ट वैचारिक आधार र लक्ष्यबिना गरिने एकताले पार्टीका मूल्यमान्यता कमजोर बनाउने उनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले दीर्घकालीन रूपमा पार्टीलाई सशक्त बनाउन सत्ताको समीकरणभन्दा पनि सुशासन, विधि र नीतिमा आधारित राजनीति आवश्यक रहेको बताए।

पार्टीभित्र आन्तरिक सुधारको आवश्यकता औँल्याउँदै पाण्डेले अबको प्राथमिकता एमालेको पुनर्निर्माण हुनुपर्ने बताए। उनले क्षमतावान् र दक्ष युवालाई पार्टीमा आकर्षित गर्न नसके भविष्यमा पार्टी अझ कमजोर बन्ने चेतावनी दिए।

विगतमा वैचारिक आधारविहीन एकतामा मौन बसेको स्वीकार गर्दै पाण्डेले अब पनि चुप लागेर बस्नु गम्भीर गल्ती हुने भन्दै परिणाममुखी नेतृत्वसहित नयाँ मार्गमा अघि बढ्नुपर्ने आह्वान गरेका छन्।

प्रतिकृया