• ४ साउन २०८३, सोमबार
  • १:४६ बिहान

नेप्सेमा उत्साहजनक वृद्धि, सबै उपसूचक हरियाली

प्रकाशित मिति

२०८२ चैत्र २६ गते, बिहीबार ०३:३८

२६ चैत,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४८.७१ अंकले बढेर २८५१.२४ बिन्दुमा पुगेको छ। आजको कारोबारमा ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा कुल ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको हो।

आज बजारका सबै १३ वटै उपसूचक हरियाली देखिएका छन्। वाणिज्य बैंक समूह १.२४ प्रतिशतले बढ्दा विकास बैंक समूह ०.७८ प्रतिशत र फाइनान्स समूह १.४८ प्रतिशतले उकालो लागेको छ। त्यस्तै होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै २.३९ प्रतिशतले वृद्धि देखिएको छ।

Kamana Sewa

लगानीकर्ताहरूको सक्रियता बढेसँगै बजारमा सकारात्मक माहोल देखिएको विश्लेषकहरूले बताएका छन्।

Classic Tech Desktop

प्रतिकृया