• ४ साउन २०८३, सोमबार
  • ७:५३ बेलुका

श्रम मन्त्री दीपककुमार साह पदमुक्त

प्रकाशित मिति

२०८२ चैत्र २६ गते, बिहीबार ०३:४४

२६ चैत,२०८२ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई जिम्मेवारीबाट हटाएका हुन्।

यसअघि पार्टी सभापति रवि लामिछाने ले प्रधानमन्त्रीलाई पत्र पठाउँदै मन्त्री साहमाथि पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाएका थिए। पत्रमा मन्त्री साहले आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डमा सदस्यका रूपमा नियुक्त गराएको उल्लेख गरिएको थियो।

Kamana Sewa

पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट उक्त विषय पुष्टि भएको दाबी गर्दै रास्वपाले पार्टीको छवि, आदर्श र मर्यादामा आँच आउने निष्कर्ष निकालेको थियो। सोही आधारमा पार्टी विधानअनुसार ‘राइट टु रिकोल’ प्रयोग गर्दै उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउन सिफारिस गरिएको हो।

Classic Tech Desktop

मन्त्री साह पछिल्लो समय विभिन्न विवादमा तानिँदै आएका थिए। आफ्नै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गराएको विषय सार्वजनिक भएपछि प्रधानमन्त्री शाह पनि असन्तुष्ट बनेका थिए।

यसैबीच, पार्टीले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता लाई समेत सचेत गराउन सिफारिस गरेको छ।

प्रतिकृया