• ९ असोज २०८३, शुक्रबार
  • १०ः५१ राती

राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने तयारी, लामाको नाम अगाडि

प्रकाशित मिति

२०८२ चैत्र २६ गते, बिहीबार ०१:४३

२६ चैत,२०८२ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ। पार्टीले सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने सम्भावना देखिएको छ। लामा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुन्।

National Life

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने प्रावधान रहेको छ। हाल सभामुख रास्वपाबाट भएकाले उपसभामुखका लागि रास्वपाले अन्य ठूला दललाई समर्थन नगर्ने संकेत दिएपछि दलहरूबीच कसरत तीव्र भएको छ।

यसैबीच रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच संवाद समेत भएको बताइएको छ। राप्रपाका नेताहरूले रास्वपासँग निरन्तर छलफल गरिरहेका छन् र समर्थन पाउने संकेत देखिएको उनीहरूको दाबी छ।

Classic Tech Mobile
Classic Tech Desktop

अर्कोतर्फ, पहिलोपटक संसदमा प्रवेश गरेको श्रम संस्कृति पार्टीले पनि उपसभामुख पदका लागि मनोनयन फारम लिएको छ। उक्त पार्टीले रास्वपाप्रति आलोचनात्मक दृष्टिकोण राख्दै आएको छ। यस्तो अवस्थामा रास्वपाले श्रम संस्कृतिभन्दा राप्रपालाई समर्थन गर्ने सम्भावना बढी देखिएको छ।

प्रतिकृया