• ४ साउन २०८३, सोमबार
  • १:३५ बिहान

साताको पहिलो दिन शेयर बजारमा भीषण पहिरो, कारोबार कति ?

प्रकाशित मिति

२०८२ श्रावण १८ गते, आईतवार ०३:३६

श्रावण १८, २०८२ काठमाडौं  साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा तीव्र गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक ६३.७३ अङ्कले घट्दै २,८५८.९० विन्दुमा झरेको छ।

नेप्सेमा देखिएको यो गिरावट पछिल्लो समयको एकदमै उल्लेखनीय पहिरो हो, जसले लगानीकर्तामा चिन्ता थपेको छ। बजार ओरालो लागेसँगै कारोबार रकम पनि खुम्चिएको छ। आजको कारोबार १३ अर्ब रुपैयाँमै सीमित रह्यो। विशेषगरी ठूला तथा प्रमुख सूचक समूहमा गिरावट आउँदा समग्र बजार ओरालो लागेको हो। लगानीकर्ताहरूले बजारको प्रवृत्तिलाई ध्यानपूर्वक नियाल्न थालेका छन्।

Kamana Sewa

प्रतिकृया