• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण १८ गते, आईतवार ०३:४६

श्रावण १८, २०८२ काठमाडौं  पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५ स्थित शंकरसरैया मुसहर टोलमा श्रीमतीको कुटपिटबाट हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्।

हत्या आरोपमा २४ वर्षीया अस्पतलिया देवीका श्रीमान् जितन माझीलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, पति–पत्नीबीच वादविवाद भएपछि जितनले कुटपिट गरेका थिए। कुटपिटका क्रममा घटनास्थलमै अस्पतलियाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Kamana Sewa

जितन माझीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनाले घरेलु हिंसाबाट महिलाहरू कति असुरक्षित छन् भन्ने वास्तविकतालाई फेरि उजागर गरेको छ।

Classic Tech Desktop

प्रतिकृया