• २१ असोज २०८३, बुधबार
  • २ः३९ राती

मुग्लिन–पोखरा सडकखण्डको ऐनापहरामा यात्रुवाहक बस दुर्घटना, खोजी कार्य जारी

प्रकाशित मिति

२०८२ श्रावण १८ गते, आईतवार ०५:३४

श्रावण १८, २०८२ काठमाडौं –  मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको ऐनापहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ।गोरखाबाट नारायणगढतर्फ गइरहेको ग २ ख १०७७ नम्बरको बस शनिबार दिउँसो दुर्घटनामा परेको हो। बस मर्स्याङ्दी नदीको किनारमा उत्तानो अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

National Life

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार, हालसम्म घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ। अन्य यात्रुहरूको अवस्था खुल्न बाँकी रहेको र खोजी कार्य जारी रहेको अधिकारीले जानकारी दिए। हालसम्म बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन। खोजी तथा उद्धार कार्यमा स्थानीयवासी, प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।

यसअघि पनि सोही स्थानमा २०७८ साल भदौ ७ गते भारतीय तीर्थयात्री चढेको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गएको थियो। तनहुँ प्रहरीले थप विवरण आउन बाँकी रहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया