• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

छुट्ला है ! दरमखोला हाइड्रोको आईपीओ भर्ने भोलि अन्तिम दिन

प्रकाशित मिति

२०८२ श्रावण १८ गते, आईतवार ०३:२७

श्रावण १८, २०८२ काठमाडौं  दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणका लागि खुला गरिएको प्राथमिक शेयर (आईपीओ) भर्ने भोलि साउन १९ गते आइतबार अन्तिम दिन हो। कम्पनीले साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी दरमखोलाले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गरिरहेको छ।

Kamana Sewa

पहिलो चरणमा आयोजनाबाट प्रभावित स्थानीयवासीका लागि १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ९१ हजार १५० कित्ता शेयर बिक्री भइसकेको छ।

Classic Tech Desktop

अब बाँकी आईपीओमध्ये १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि, ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित राखिएको छ। बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरिएको हो।

आईपीओमा कम्तीमा १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने समय भोलि आइतबार साँझ ५ बजेपछि सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। यस आईपीओको लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

प्रतिकृया