• २१ असोज २०८३, बुधबार
  • ३ः३२ दिउँसो

हर्क साम्पाङको संसदमा प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग मानिन्छ कि मानिँदैन ?

प्रकाशित मिति

२०८३ श्रावण ४ गते, सोमबार १२:२०

४ साउन २०८३ काठमाडौं-  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग संगीत, खेलकुद र चलचित्र क्षेत्रको औद्योगिक मान्यताबारे जवाफ माग्दै संसद् सचिवालयमा मौखिक प्रश्न दर्ता गरेका छन्।

National Life

प्रतिनिधिसभा नियमावलीबमोजिम दर्ता गरिएको प्रश्नमा साम्पाङले ‘उद्योग भन्नाले के–केलाई बुझाइन्छ ? संगीत, खेलकुद र चलचित्रलाई उद्योग भन्न मिल्छ कि मिल्दैन ?’ भन्ने जिज्ञासा राखेका छन्। उनले ती क्षेत्रलाई उद्योगको रूपमा मान्यता दिइन्छ भने आर्थिक वर्ष २०८३/८४ को बजेटमा यसका लागि कति रकम विनियोजन गरिएको छ ? भन्ने प्रश्न पनि उठाएका छन्।

प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूले नेपाल सरकारको कार्यक्षेत्र र उत्तरदायित्वभित्र पर्ने सार्वजनिक महत्वका विषयमा मौखिक वा लिखित प्रश्न दर्ता गर्न सक्ने व्यवस्था छ। साम्पाङले यसपटक मौखिक उत्तर माग गर्दै प्रश्न दर्ता गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

संसद् सचिवालयका अनुसार सम्बन्धित मन्त्रालयबाट जवाफ प्राप्त भएपछि मौखिक र लिखित प्रश्नको छुट्टाछुट्टै सूची तयार गरिन्छ। एक दिनमा बढीमा २० वटा मौखिक र ५० वटा लिखित प्रश्न मात्रै कार्यसूचीमा समावेश गर्न सकिने व्यवस्था छ।

समय अभावका कारण मौखिक प्रश्नको उत्तर दिन नभ्याइए सम्बन्धित मन्त्रीले उत्तर संसद्मा टेबुल गर्नुपर्ने व्यवस्था रहेको छ। सार्वजनिक हितका लागि आवश्यक ठानेमा सभामुखको अनुमति लिएर प्रश्नोत्तरको निर्धारित समयपछि पनि मन्त्रीले उत्तर दिन सक्ने प्रावधान नियमावलीमा रहेको छ।

प्रतिकृया