• १६ असोज २०८३, शुक्रबार
  • २ः०३ दिउँसो

दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

प्रकाशित मिति

२०८३ श्रावण ४ गते, सोमबार ०३:२०

४ साउन २०८३ काठमाडौं- सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदाको व्यवस्था लागू भएपछि वर्षभरि दिइने अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

National Life

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधि रहनेछन्।

कार्यदललाई १५ दिनभित्र सार्वजनिक बिदाको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन गृह मन्त्रालयमा बुझाउन जिम्मेवारी दिइएको छ। सरकारले दुईदिने साप्ताहिक बिदाले सेवा प्रवाह र सरकारी कार्यसम्पादनमा पारेको प्रभावका आधारमा बिदा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्य राखेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया