• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

नेपाली सेनामा गणतन्त्र आएको छैन : पृथ्वीसुब्बा गुरुङ

प्रकाशित मिति

२०८१ जेष्ठ ३० गते, बुधबार ०३:२८

जेठ ३०, २०८१ काठमाडौँ: नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली सेना भित्र गणतन्त्र नआएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिदै नेपाली सेना भित्र लोकतान्त्रिकरण गर्नु पर्ने बताउदै सेनामा गणतन्त्र नआएको जस्तो आफुलाई लागेको टिप्पणी गरेका हुन् ।

उनले भने,‘नेपाली सेनाको अझै आधुनिकीकरण,पेशागत हिसाबले सक्षम बनाउनुपर्नेछ। सेनाभित्र लोकतान्त्रिकरण गर्नुपर्नेछ, त्यहाँभित्र गणतन्त्र आएको छैन भन्ने लाग्छ । त्यसको बारे रक्षा मन्त्रालयले पोलिसी पर्नेछ, सेनालाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ,परम्परागत रुपमा चल्न दिनुहुँदैन ।’

Kamana Sewa

नेपाली सेनाको बजेट परम्परागत भएको बताउदै कर्मचारीले बनाएको बजेटमा राजनीतिक नेतृत्वले हस्तक्षेप गर्न नसकेको बताएका छन् । उनले संवेदनशील अंग नेपाली सेनालाई व्यापार, ठेक्कापट्टा गर्न दिनु कतिको जायज छ भन्दै प्रश्न गरेका थिए । गुरुङले सेनाको महत्वकांक्षा बढ्दै जादा त्यसले लोकतन्त्रमाथि नै खतरा हुनसक्ने समेत बताए ।

Classic Tech Desktop

राष्ट्रिय सुरक्षा भनेको नेपाली सेना मात्र हो भन्ने बुझाई सबैको रहेको भन्दै यो सत्य नभएको उनले बताए । नेपाली सेना राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग भएपनि अन्य अंग नेपाल प्रहरी, सशस्त्र प्रहरीको पनि भूमिका रहेको बताए ।

प्रतिकृया