• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिने कर्मचारीलाई कारबाही गर्नुपर्‍यो: रघुजी पन्त

प्रकाशित मिति

२०८१ जेष्ठ ३० गते, बुधबार ०३:४५

जेठ ३०, २०८१ काठमाडौँ: सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाल सरकारको जागिर खाँदाखाँदै विदेशी नागरिकता लिन रहर गर्ने विशिष्ट श्रेणीका कर्मचारीलाई कारबाही गरिनुपर्ने बताएका छन् । यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाउन खोजे पनि प्रधानमन्त्री कार्यालयमा पत्र अड्किएको उनको भनाइ छ ।

‘नेपाल सरकारको नुन खाँदाखाँदै विदेशीको नागरिकता लिन पनि रहर लाग्ने महानुभाव को रहेछन् त्यो हामीले चिन्न पाउनुपर्‍यो,’ बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोलेका सांसद पन्तले भने, ‘त्यो अख्तियारको कारबाहीमा प्रशासनले छिटो कारबाही गरेर संसदलाई जानकारी दिइयोस् ।’

Kamana Sewa

पिआर भएका कर्मचारीको दोहोरो नागरिकता छ कि छैन भनेर अख्तियारले लेखेको चिठी प्रधानमन्त्री कार्यालयमा रोकिएको उनको भनाइ छ ।

Classic Tech Desktop

‘त्यो चिठी बल्लबल्ल फेला परेको छ रे, कारबाहीका लागि लेखिएको छ रे,’ उनले भने ।

प्रतिकृया