• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति

२०८१ जेष्ठ ३० गते, बुधबार ०३:२१

जेठ ३०, २०८१ काठमाडौँ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संखुवासभाको शारदा माध्यमिक विद्यालय हुम्लिङ्गका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीसमेत चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैर कानुनी लाभ तथा हानी पुर्‍याइ एवं सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक भट्टराईसहित चारजनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा अख्तियारले आरोप पत्र दायर गरेको हो ।

Kamana Sewa

संखुवासभा धर्मदेवी नगरपालिका–४ मा रहेको शारदा माध्यमिक विद्यालयको खानेपानी आपूर्तिको लागि प्रदेश–१ बाट आर्थिक वर्ष २०७५/०७६ मा विनियोजन भएको रकम र पुस्तकालय व्यवस्थापनका लागि आर्थिक वर्ष २०७४/०७५ मा जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकमबाट कुनै पनि कामको सुरुवात नै नगरी बिल भरपाइ मिलाइ रकम अनियमितता गरेको पुष्टि हुन आएकाले तत्कालीन प्रधानाध्यापक भट्टराई,शिक्षक लालबाबु मण्डल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारी र शाक्य अफसेट प्रेसका प्रोपाइ६र केशव कुमार शाक्यविरुद्ध आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

Classic Tech Desktop

प्रधानाध्यापक भट्टराईलाई ४ लाख ६० हजार ४५५,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकरीलाई ३ लाख ४३ हजार,तत्कालीन शिक्षक मण्डललाई ३ लाख ३४ हजार र शाक्य अफसेट प्रेसका प्रोप्राइटर शाक्यलाई ४ लाख १० हजार ४५५ रुपैयाँ बिगो र सजाय माग गरिएको छ ।

प्रतिकृया