गणपति लघुवित्त सातौंँ वर्षमा प्रवेश
प्रकाशित मिति
२०७९ मंसिर २५ गते, आईतवार ०२:२८
२५ मंसिर, २०७९, काठमाडौँ: गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २४ गते विभिन्न कार्यक्रम गरी आफ्नो छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाको हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ४०,१०५ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छैठौँ वार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय र ४३ वटा शाखा कार्यालयहरु मार्फत विविध सामाजिक क्षेत्रमा सहयोगात्मक एवमं चेतनामुलक कार्यक्रम सञ्चालन गरी वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

केन्द्रिय कार्यालय मार्फत पोखरा–३२ लामेआहालमा अवस्थित राधाकृष्ण मन्दिर तथा शान्ती आश्रममा वृद्धवृद्धाहरुको लागि बिहानी भोजन तथा अन्य सहयोग सामाग्रीहरु संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले उक्त वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल मार्फत हस्तान्तरण गरेका छन् ।





प्रतिकृया