आयाेगले आज समानुपातिक सांसद्काे सूची रुजु गर्दै
प्रकाशित मिति
२०७९ मंसिर २५ गते, आईतवार ०१:३२

२५ मंसिर २०७९, काठमाडौँ: निर्वाचन आयाेगले आज विभिन्न राजनीतिक दलहरूले बुझाएकाे समानुपातिक सांसद्काे सूचीमाथि रुजु गर्दैछ । हिजाे शनिबार दलहरूले आयाेगमा बुझाएकाे सूची आज रुजुगरी सकेसम्म भोलि नै रास्ट्रपतिलाई प्रतिवेदन बुझाउने गरी तयारी भइरहेकाे आयाेगले जनाएकाे छ ।
आयाेगका अनुसार सबै काम सकेर प्रतिवेदन बुझाएपछि निर्वाचन प्रक्रियाले पूर्णता पाउनुका साथै आयोगको काम पनि सकिन्छ ।
त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ। प्रतिवेदन बुझाएको एक महिनाभित्र सम्सदको अधिवेशन आह्वान भइसक्नुपर्छ भने ३५ दिन भित्र नयाँ सरकार गठन भइसक्नुपर्ने संबैधानिक व्यवस्था छ ।
यही मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनमा प्रतिनिधिसभामा नेकपा एमालेका ३४, नेपाली कांग्रेसका ३२, माओवादी केन्द्रका १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राप्रपाका ७ र जसपाका ५ समानुपातिक सांसद छानिँदैछन् ।
प्रतिकृया