• ४ साउन २०८३, सोमबार
  • २:५४ बिहान

बाँके–१ को (१) बाट माओवादीकी केसी निर्वाचित

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०८:४२

९ मंसिर २०७९, काठमाडौँ : बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट नेकपा (माओवादी केन्द्र)का कृष्णा केसी दोस्रोपटक निर्वाचित भएकी छिन् । उनी एक हजार एक सय ३७ मतको अन्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


केसीले नौ हजार एक सय तीन मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्धन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार नौ ६६ मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका राप्रपाका नरेन्द्रकुमार पौडेलले सात हजार दुई सय ५८ मत पाए । सो निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अम्बरबहादुर खड्काले तीन हजार सात सय छ मत ल्याए ।

Kamana Sewa

माओवादी नेतृ केसी यसअघि विसं २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

Classic Tech Desktop

प्रतिकृया