धादिङ १ ‘ख’ बाट सालिकराम जमरकट्टेल विजयी

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०६:४७

८ मंसिर २०७९, धादिङ : धादिङ क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट नेकपा माओवादी केन्द्रका नेता सालिकराम जमरकट्टेल निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार जमरट्टेलले एमालेका गजेन्द्रप्रसाद थपलियालाई पराजित गरेका हुन् ।


जमरकट्टेलले १९ हजार ९०३ मत ल्याएर विजयी भए भने एमालेका थपलियाले १२ हजार ४७८ मत ल्याएर पराजित भएका हुन् । यस्तै क्षेत्र नम्बर १ ‘क’बाट कांग्रेसका मधुकुमार श्रेष्ठले एमालेका रमेशकुमार आचार्यलाई पराजित गरेका छन् ।


श्रेष्ठले १७ हजार ८३२ मत ल्याएर विजयी भएका छन् भने एमालेका आचार्यले १६ हजार ५३८ मत ल्याएर पराजित भएका छन् ।

प्रतिकृया