• ४ साउन २०८३, सोमबार
  • ८:१५ बेलुका

जन्मभूमिविरुद्ध गोल गर्दा मौन रहे एम्बोले

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०६:३४

८ मंसिर २०७९, काठमाडौँ : विश्वकप फुटबलमा पहिलो गोल गर्दा पनि स्विटजरल्याण्डका ब्रिल एम्बोलेले खुसी साटेनन्। उनको त्यो ऐतिहासिक गोल आफ्नै जन्मभूमिविरुद्ध थियो। त्यही गोल निर्णायक बन्दा स्विट्जरल्याण्डले महत्वपूर्ण ३ अंक जोड्यो। यससँगै स्विजरल्याण्डले विश्वकपमा सुखद सुरुवात गर्यो। बिहिबार साँझ समूह जी को पहिलो खेलमा क्यामरुनविरुद्ध उनी सुरुवाती टोलिमा उत्रिएका थियो।


उनी क्यामरुनमा जन्मिएका हुन्। क्यामरुनको फुटबल संघले उनलाई राष्ट्रियता परिवर्तन गर्न अनुरोध गरे पनि एम्बोलेले अस्वीकार गरे। तर उनको जन्मभूमिप्रतिको सम्मान मैदानमै प्रस्ट भयो। अहिले पनि उनी छुट्टी मनाउन क्यामरुन पुग्छन्। यसअघि नै उनले जन्मभूमिविरुद्ध गोल गरे खुसी नमनाउने घोषणा गरेका थिए। खेलको ४८ औँ मिनेटमा इम्बोलेले गरेको गोलमा स्विटजरल्याण्डले क्यामरुनलाई १–० ले हराउँदै विश्वकपमा विजयी सुरुवात गरेको छ।

Kamana Sewa

उनको गोलमा टोलीले अग्रता बनाउँदा टोलीका अन्य सदस्यले मैदानमा खुसी साटे। एम्बोलो भने टक्क उभिए, मौन रहे। क्यामरुनमा जन्मिएका एम्बोले पाँच वर्षको हुँदा उनका बाबुआमा अलग भए। त्यसपछि उनी आमासँग फ्रान्समा सरेर पछि स्विटजरल्याण्ड आए। सन् २०१४ मा स्विटजरल्याण्डको नागरिकता लिएका उनले सोही वर्ष स्विस सुपर लिग क्लब एफसी बालेसबाट व्यवसायिक फुटबल खेल्न थालेका थिए।

Classic Tech Desktop

२५ वर्षीय एम्बोले सन् २०१६ मा जर्मन क्लब साल्केमा आवद्ध भए। सन् २०१९ मा बोरुसिया मान्चेनग्लाडबाचमा ४ वर्षको सम्झौता गरेका थिए। बुन्डेस लिगामा एम्बोलेले १३२ खेलमा २८ गोल गरेका छन्। हाल लिग १ मा मोनाकोमा आवद्ध रहेका एम्बोलेले यो सिजन १५ खेलमा ७ गोल गरेका छन्।

प्रतिकृया