• ११ असोज २०८३, आइतबार
  • ४ः०२ बिहान

विश्वकपमा स्विट्जरल्याण्डको विजयी सुरुवात, क्यामरुन १-० ले पराजित

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०६:२५

८ मंसिर २०७९, काठमाडौँ : क्यामरुनमाथि झिनो जित निकाल्दै विश्वकप फुटबलमा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ। शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले सुखद सुरुवात गरेको हो। दोस्रो हाफको सुरुवातमै गरेको गोल नै उसको जितमा निर्णायक बन्यो। खेलको ४८ औँ मिनेटमा ब्रिल इम्बोलेले गोल गर्दै टोलीलाई महत्वपुर्ण ३ अंक दिलाएका हुन्।

National Life

उनले विपक्षीलाई बिट गर्दै सहज गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा क्यामरुनले रोक्न सकेन। जितसँगै समूह जी मा रहेको स्विट्जरल्याण्डको अघिल्लो यात्रा सहज बनेको छ। यो समूहमा यी दुई टोलिसँगै ब्राजिल र सर्विया छन्। ब्राजिललाई बलियो टोलीको रुपमा हेरिएको छ। ब्राजिलले पहिलो खेलमा शुक्रबार राति सर्वियासँग खेल्दैछ।


सन् २०१८ को विश्वकपमा पनि ब्राजिल, स्विट्जरल्याण्ड र सर्विया एउटै समूहमा थिए। त्यतिबेला ब्राजिल विजेता र स्विट्जरल्याण्ड उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गरेका थिए। क्यामरुन भने यसअघिको विश्वकपमा छनोट भएको थिएन। शनिबारदेखि दोस्रोचरणका खेल सुरु हुनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया