• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

जनप्रतिनिधि सबैको साझा भएकाले निष्पक्ष रही सेवा गर्ने छु : नवनिर्वाचित दुर्लभ थापा

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ०२:१८

८ मंसिर २०७९, काठमाडौँ : भक्तपुर क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले जिल्लाको शिक्षा, स्वास्थ्य र समग्र विकास निर्माणका प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। थापाले निर्वाचित भएलगत्तै एक प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि सबैको साझा भएकाले सबै मतदतालाई आगामी दिनमा निष्पक्ष रही सेवा गर्ने र भक्तपुरको शिक्षा, स्वास्थ्य र समग्र विकास प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्।


उनले संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने मूल ऐजेण्डालाई अनुमोदन गरेकामा भक्तपुरका आम मतदातालाई धन्यवादसमेत दिएका छन्।

Kamana Sewa

‘मङ्सिर ४ गते सम्पन्न निर्वाचनमार्फत् संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने हाम्रो मूल एजेण्डालाई आफ्नो मतबाट अनुमोदन गर्दै लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराइदिनुभएकामा सबै मतदातामा हार्दिक आभार व्यक्त गर्दछु’, विज्ञप्तिमा उल्लेख छ।

Classic Tech Desktop

थापाले भक्तपुरका मतदाताले गर्नुभएको विश्वासलाई एउटा जिम्मेवारीका रूपमा लिएको र सो जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्न प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। उनले निर्वाचनमा परिणामसम्म पुर्‍याउन विभिन्न तह र जिम्मेवारीमा रहेर मेहेनत गर्ने गठबन्धनमा रहेका सबै राजनीतिक दलका टोल, वडा, नगर, प्रदेश, क्षेत्र र जिल्ला समिति, भातृ तथा शुभेच्छुक सङ्घसंस्थाका पदाधिकारी एवं सदस्य, आम जनसमुदाय, शुभेच्छुक तथा समर्थक र बुद्धिजीवी, मजदुर किसान वर्गको योगदानको उच्च कदर गर्दै आभारसमेत व्यक्त गरेका छन्।

प्रतिकृया