• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

माओवादीले खाता खोल्यो

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार १२:०१

७ मंसिर २०७९, काठमाडौँ: नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा खाता खोलेको छ । माओवादीले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको हो । यहाँ माओवादी उम्मेदवार लेखनाथ दाहाल निर्वाचित भए ।


माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा दाहालले ६ हजार १ सय ६२ मत बढी ल्याए । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे ।

Kamana Sewa

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहालले १ हजार ५ सय ५३ मत प्राप्त गरे । राप्रपाका भिष्मराज श्रेष्ठले १ हजार ३ सय ४० मत प्राप्त गरे ।

Classic Tech Desktop

प्रतिकृया