• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

तनहुँ २ (१) मा एमालेका महत विजयी

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार १०:०६

७ मंसिर २०७९, काठमाडौँ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ–२ (१) मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित भएका छन्। आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा एक हजार सात सय ७२ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।


महतले १५ हजार छ सय ५३ मत प्राप्त गरेको तनहुँ क्षेत्र नं २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए।प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ८१ मत प्राप्त गरे।

Kamana Sewa

उक्त प्रदेशमा ३७ हजार सात सय ९४ मत खसेको थियो। यो प्रदेशमा व्यास नगरपालिका–५ र ६, म्याग्दे गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिका पर्दछ। वि.सं २०३४ मा कम्युनिष्ट पार्टीको सदस्यता लिएका महतले विसं २०४४ मा भएको उपनिर्वाचनमा नै राष्ट्रिय पञ्चायत सदस्यमा चुनावमा पराजय भोगेका थिए।

Classic Tech Desktop

महत वि.सं २०५४ देखि २०५९ सम्म नगरोन्मुख नमूना ढोरफिर्दी गाविसको अध्यक्ष बनेर काम गरेका थिए। नेकपा माले, मानन्धर समूह हुँदै चार पटक जिल्ला कमिटी सदस्य बनेका महत वि.सं २०४९ मा जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए।


महतले पर्यटकीय सहर पोखरासँग जोडिएको यस क्षेत्रलाई भौतिक पूर्वाधारसँगै सांस्कृतिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिकृया