ग्लोबल आइएमई बैंकको सेयर मूल्य नेप्सेमा समायोजन

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०९:५६

७ मंसिर २०७९, काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन गरेको हो । नेप्सेले प्रतिकित्ता २४४ रूपैयाँ ८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । ग्लोबल आइएमई र बैंक अफ काठमान्डू एक आपसमा मर्जर प्रक्रियामा रहेको गत असार २ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ ।


त्यसैले नेप्सेले असार १ गतेको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । असार १ गते बैंकको सेयर प्रतिकित्ता २५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो । बैंकले मंसिर २३ गते शुक्रबार १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बोलाएको छ ।


बैंकको साभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद गरी कूल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र पारित गर्ने र डीडीए रिपोर्टमा आएको १ः१ को स्वाप रेसिया पारित गर्नेछ ।

प्रतिकृया